Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रास्वपा परित्याग गर्नेको संंख्या बढ्दो, एकैदिन ६० जनाले छोडे !

रास्वपा परित्याग गर्नेको संंख्या बढ्दो, एकैदिन ६० जनाले छोडे !

सोमवार , भाद्र ३, २०८१

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नेको संख्या बढ्न थालेको छ ।

सोही क्रममा दाङमा सोमबार मात्रै ६० जनाभन्दा बढी युवाले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरुले सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै पार्टी छोडेका हुन् ।

पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी परित्याग गरे ।

रास्वपाका सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाएका छन् । रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद र कृपावादको हाबी भएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077