Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रास्वपाको केन्द्रीय समितिको बैठक बुधबार बस्ने, यी हुन् एजेन्डा

रास्वपाको केन्द्रीय समितिको बैठक बुधबार बस्ने, यी हुन् एजेन्डा

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बस्ने तय भएको छ ।

बैठक बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार बिहान ८ बजे बस्ने तय भएको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा प्रस्ताव गरिएको जानकारी दिए ।

जसअनुसार बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने एजेण्डा छ ।

यस्तै कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको उपस्थितिमा कार्यक्रम, संगठन निर्माण सम्बन्धी कार्यबिधी संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल, स्थानीय तह उपनिर्वाचन बारे, संविधान दिवसको कार्यक्रमबारे र विविध भनेर ७ एजेण्डा तय भएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077