काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा बहुमत ल्याउने तयारी गर्न निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार एमाले बागमती नेतृत्वलाई ओलीले सो निर्देशन दिएका हुन् ।
उनले २०८४ मा एकल बहुमत ल्याउने गरी तयारी गर्न निर्देशन दिए ।
अध्यक्ष ओलीले पार्टी कमिटीलाई व्यवस्थित बनाएर संगठन सुदृढीकरण गर्न र २०८४ मा बहुमत ल्याउने गरी तयारी गर्न निर्देशन दिएको बताइएको छ ।