Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कर्णालीका सबै जोखिमयुक्त घरको बिमा गर्दै छौँ : मुख्यमन्त्री कँडेल

कर्णालीका सबै जोखिमयुक्त घरको बिमा गर्दै छौँ : मुख्यमन्त्री कँडेल

मंगलवार , भाद्र ४, २०८१

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरको बिमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन् ।

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा घर बिमामा बजेट छुट्याएको उनले बताएका हुन् ।

प्रदेश सरकारले यसका लागि चार करोड ५० लाख बजेट विनियोजन गरेको उनले बताए ।

उनले प्रदेश सरकारले गत वर्षको जाजरकोट भूकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई दुई लाखका दरले विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बिमा रकम दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077