Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

मंसिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल गर्न रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो।

बैठक बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा बोलाइएको छ।

आसन्न स्थानीय तह निर्वाचन लड्ने कि नलड्ने भनेर पार्टीले रणनीतिक छलफल केन्द्रीय समितिबाट अघि बढाउने तयारी भएको रास्वपा स्रोतले बतायो।

त्यस्तै, बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुनेछ। साउन १० गते बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो।

भदौ दोस्रो साता गर्न लागेको कर्णाली विशेष अभियानबारे पनि केन्द्रीय समितिमा छलफल हुने‍छ।

यस्तै संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल गर्ने कार्यसूची छ।

रास्वपाले केन्द्रीय समितिमा स्थानीय तह निर्वाचनबारे पनि छलफल गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077