Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

विमानस्थल भित्रको पसलबाट कैंची हराएपछि जापानमा दर्जनौँ उडान रद्द

विमानस्थल भित्रको पसलबाट कैंची हराएपछि जापानमा दर्जनौँ उडान रद्द

मंगलवार , भाद्र ४, २०८१

एजेन्सी । विमानस्थलभित्र रहेको एक पसलबाट कैंची हराएपछि जापानमा ३६ वटा उडान रद्द भएका छन् ।

होकाइडोको न्यू चिटोस विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ गेटनजिकै रहेको एक पसलबाट कैंची हराएपछि दुई घण्टासम्म उडानहरू रोकिएको हो ।

३६ वटा उडान रद्द हुँदा २०१ वटा उडानमा ढिलाइ भएको छ। कैंची हराएपछि सुरक्षाको खतरा हुन सक्ने भन्दै ३६ वटा उडान रद्द गरिएको थियो र २०१ वटा उडान ढिला भएको थियो।

उडान रद्द भएछि विमानस्थलमा यात्रुहरूको भीड लागेको थियो। अधिकारीहरूले हराएको कैंची खोजी गर्ने क्रममा त्यस दिन भेटिएन।

तर विमानस्थल चालु गरिएको थियो। अर्को दिन आइतबार कैंची पसलमै भेटिएको भन्दै न्यू चिटोस विमानस्थलले जनाएको छ ।

भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले यस घटनाको छानबिन गर्न र नदोहोराउन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077