Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । सरकारले चिनियाँ सामाजिक सञ्जाल एप टिकटकमाथि लगाइएको प्रतिबन्ध खोल्ने तयारी थालेको छ।

टिकटकले नेपालको नीतिनियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकारले प्रतिबन्ध फुकुवा गर्ने तयारी थालेको हो।

पुष्पकमल दहाल 'प्रचण्ड' नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो।

लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077