Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रोजगारीका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल

रोजगारीका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयत्नरत रहेको बताएका छन् ।

‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

अर्थमन्त्री पौडेलले भने, ‘निजी क्षेत्र सरकारको साझेदार हो। हाम्रा लक्ष्य अलग छैनन्। सरकार निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आवश्यक वातावरण बनाउन प्रतिबद्ध छ । निजी पुँजी आकर्षित गर्ने गरी विकास वित्तको खाका निर्माण तथा प्रतिफलयुक्त आयोजनाको सूची तयार गरी लगानी जुटाउनु आवश्यक छ।’

उनले सरकारी र निजी लगानी बढाउन सकेमा स्वदेशमा नै कामका अवसर बढाउन सकिने विश्वास व्यक्त गरे।

आन्तरिक मात्र नभई वैदेशिक लगानी भित्र्याउनका लागि पनि सरकारले सहजीकरण गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ।

अर्थमन्त्री पौडेलले कानुनी सुधार र नीतिगत स्पष्टताका लागि थप कामहरु गर्दै लगिने बताए।

उनले अधिकांश भाग सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकास गतिविधिमा सरकारको लगानी सङ्कुचित हुने देखिएको बताए।

पौडेलले विकासोन्मुख र अल्पविकसित मुलुकमा लगानीका लागि स्रोतको कमी मुख्य चुनौतीका रुपमा देखापरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077