Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - वर्तमान गठबन्धन कसैको विरुद्धमा छैन, शंका गर्नुपर्दैन

कांग्रेस सभापति देउवाले भने - वर्तमान गठबन्धन कसैको विरुद्धमा छैन, शंका गर्नुपर्दैन

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाएको बताएका छन्।

काठमाडौंमा आयोजित कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले कांग्रेस र एमालेको गठबन्धन कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पारे।

सभापति देउवाले भने‚ ‘गठबन्धन अरू पार्टीको खिलाफ हैन । माओवादी‚ माधवजीको पार्टी लगायत सबैलाई एक गरेर लैजाने, सबैलाई एक साथ राखेर अघि बढ्ने हो ।’

सभापति देउवाले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउन कसैले दबाब नदिएको पनि बताए ।

सभापति देउवाले संविधान संशोधन सबै दलहरूको सल्लाह सुझावमा नै हुने भएकाले कुनै पनि शङ्का उपशङ्का नगर्न आग्रह गरे ।

सभापति देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077