Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लुम्बिनीका पूर्वमुख्यमन्त्री गिरीले गरे गाडी फिर्ता

लुम्बिनीका पूर्वमुख्यमन्त्री गिरीले गरे गाडी फिर्ता

मंगलवार , भाद्र ४, २०८१

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् ।

पूर्वमुख्मन्त्री र नेकपा एमाले संसदीय दलको नेताका हैसियतमा चढ्दै आएको लू१झ ७५३ नम्बरको गाडी गिरीले मंगलवार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरमार्फत फिर्ता गरेका हुन् ।

सो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा मातहत ल्याएको भएकाले प्रदेशसभामै फिर्ता गरेको नेता गिरीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए । गिरी लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो तीन महिना मुख्यमन्त्री बनेका थिए ।

एमाले संसदीय दलको नेताबाट गिरीलाई हटाएर एमालेले मुख्यमन्त्री चेतनारायण आचार्यलाई आइतबार दलको नेता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077