Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रहेनन् विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यास

रहेनन् विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यास

मंगलवार , भाद्र ४, २०८१

एजेन्सी । विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको छ ।

गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।

“मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो,” उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन्, “हामीमा उहाँको सम्झना सधैँ रहनेछ ।”

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077