Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

दिल्लीका विभिन्न सपिङ मलमा बम हान्ने धम्की

दिल्लीका विभिन्न सपिङ मलमा बम हान्ने धम्की

बुधवार , भाद्र ५, २०८१

एजेन्सी । भारतको राजधानी दिल्लीका विभिन्न सपिङ मलहरूमा बम आक्रमणको धम्की आएको छ ।

दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको हो।

सूचना प्राप्त हुनेबित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ।

दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो। घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो। हालसम्म बम फेला परेको छैन। प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077