Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

यी पाँच जिल्लामा धेरै भारी वर्षा मापन, सर्तकता अपनाउन अनुरोध

यी पाँच जिल्लामा धेरै भारी वर्षा मापन, सर्तकता अपनाउन अनुरोध

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । देशका विभिन्न भूभागमा भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, स्याङ्जा, पर्वत र कैलालीमा पछिल्लो चौबीस घन्टामा धेरै भारी वर्षा मापन भएको हो ।

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा बाराको सिमरा मापन केन्द्रमा पछिल्लो चौबिस घन्टामा १३९ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो घन्टामा १२९.४ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै कोल्भीमा १०८ मिलिमिटर वर्षा मापन भएको छ। पर्साको रंगपुरमा २४ घन्टामा १६७ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो ६ घन्टामा १४५.२ मिलिमिटर वर्षा मापन भएको छ।

चौबिस घन्टामा कैलालीको धनगढी विमानस्थल केन्द्रमा १०२।६ मिलिमिटर वर्षा भएको छ।

स्याङ्जाको पञ्चमुलमा १३०.२ मिलिमिटर, पर्वतको पञ्चासेमा ११६.२ मिलिमिटर र कार्कीनेटामा ११०.८ मिलिमिटर, कञ्चनपुरको सुन्दरपुरमा ९८.२ मिलिमिटर वर्षा मापन भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077