Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजेबाट बैठक सुरू हुन लागेको हो । केन्द्रीय समिति बैठकमा १० वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल हुनेछ। केन्द्रीय समिति बैठकले पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई थप कारबाहीको निर्णय पनि गर्ने सम्भावना रहेको छ ।

यसअघि बसेको केन्द्रीय समितिले उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गर्दै साधारण सदस्य मात्रै कायम राखेको थियो । यसबाहेक समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए ।

रास्वपाले यसबीचमा राष्ट्रिय भेला आयोजना गर्दैछ। साउन १० गते बसेको केन्द्रीय समिति बैठकले नै यसबारे निर्णय गरेकाले आज यसबारे कार्ययोजना बन्ने रास्वपाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077