Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसद्‌मा मुसा आतंक, नियन्त्रण गर्न बजेट विनियोजन

संसद्‌मा मुसा आतंक, नियन्त्रण गर्न बजेट विनियोजन

बुधवार , भाद्र ५, २०८१

एजेन्सी । पाकिस्तानको संसद्‌मा मुसा नियन्त्रण गर्न १२ लाख पाकिस्तानी रुपैयाँ विनियोजन गरेको छ ।

हललाई मुसामुक्त गर्न वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट तोकिएको हो । मुसाले पुराना अभिलेखहरू काटेका छन्।

ती फाइलमध्ये धेरैलाई मुसाले काटिसकेको रहेछ । धेरैजसो मुसा पहिलो तल्लामा रहेका छन् ।

सिनेटमा प्रतिपक्षी दलको नेताको कार्यालय मात्र नभई अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि यहीँ बस्ने गरेको छ ।

यस क्षेत्रमा खाना हल पनि छ। दिउँसो संसद्‌मा सांसद उपस्थित हुँदा मुसा देखिँदैनन् । तर राति धेरै नोक्सान गर्छन् ।

मुसा नियन्त्रणका लागि पाकिस्तानी पत्रपत्रिकामा विज्ञापन पनि जारी गरिएको छ । मुसा नियन्त्रणमा सहयोग पुग्ने किसिमको कीट नियन्त्रण कम्पनी खोज्ने प्रयास भइरहेको छ ।

हालसम्म दुई कम्पनीले मात्रै समस्या समाधान गर्न चासो देखाएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077