Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

केही ठगहरूले सहकारी बदनाम र समस्याग्रस्त बनाए : प्रधानमन्त्री ओली

केही ठगहरूले सहकारी बदनाम र समस्याग्रस्त बनाए : प्रधानमन्त्री ओली

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही ठगहरूले सहकारीको बदनाम गराएको आरोप लगाएका छन्।

स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताए।

सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठूला केही सहकारी बदनाम र संकटग्रस्त हुन गएको प्रधानमन्त्री ओलीको तर्क छ ।

उनले सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077