Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भैरहवा पुग्यो पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज

भैरहवा पुग्यो पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज

बुधवार , भाद्र ५, २०८१

पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ ।

मौसम खराबीका कारण काठमाडौंका लागि उडेको जहाज भैरहवा डाइभर्ट गरिएको हो ।

बुद्ध एयरको जहाज पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौंका लागि उडेको थियो ।

तर, विमान खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न समस्या भएपछि करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।

बुद्ध एयरको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको विमानस्थल स्रोतले बतायो ।

अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077