Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस सांसद केसीले भने - भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद राखे विद्रोह हुन्छ

कांग्रेस सांसद केसीले भने - भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद राखे विद्रोह हुन्छ

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद स्वीकार्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।

सांसद केसीले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने प्रस्ताव कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।

सांसद केसीले भने, ‘सरकार भ्रष्टाचार जोगाउन लागेको, ठूला भ्रस्टाचारका काण्ड छिपाउन लागि परेको भाष्य समाजमा बनाउन खोजिँदैछ । भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने कुरा भद्दा मजाक हो । भ्रष्टाचारमा अनुसन्धानमा समयसीमा राखे असन्तुष्टि मात्रै होइन विद्रोह जन्मिन्छ । यदि भ्रष्टाचारमा अनुसन्धानको सीमा राख्ने कुरा भयो भने म नोट अफ डिसेन्ट लेख्छु ।’

उनले यस्तो व्यवस्थाले जनमानसमा भ्रष्टाचारी जोगाउन खोजेको सन्देश जाने बताए ।

५ वर्षको हदम्याद राख्ने निर्णय भए आफूले नोट अफ डिसेन्ट लेख्ने सांसद केसीको चेतावनी छ ।

सांसद केसीले सर्वोच्च अदालतमा ४ हजार मुद्दा ५ वर्ष पुराना रहेको उल्लेख गर्दै हदम्याद स्वीकार गर्नै नसकिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077