Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्री ओली र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

प्रधानमन्त्री ओली र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077