Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

अब सरकारमा जान माओवादीले हतार गर्दैन : प्रचण्ड

अब सरकारमा जान माओवादीले हतार गर्दैन : प्रचण्ड

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब सरकारमा जान हतार नगर्ने बताएका छन् ।

बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए ।

तर अबदेखि सरकारमा जाँदै जाँदैनौं भन्ने पनि सही नभएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ।’

१८ महिना सरकारको नेतृत्व गर्दा गरेको राम्रो कामबाट तर्सिएर कांग्रेस र एमालेले सरकार ढालेको अध्यक्ष प्रचण्डको दाबी छ ।

सरकार छाड्दा पनि उच्च मनोबलका साथ आएको अध्यक्ष प्रचण्डले बताए । उनले आफु नेतृत्वको सरकारले जनताको बीचमा राम्रै छाप छाडेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077