Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मन्त्रालयमा अड्किएका फाइल २४ घन्टाभित्र अघि बढाउन पर्यटनमन्त्री पाण्डेको निर्देशन

मन्त्रालयमा अड्किएका फाइल २४ घन्टाभित्र अघि बढाउन पर्यटनमन्त्री पाण्डेको निर्देशन

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइलहरु २४ घण्टाभित्र अगाडी बढाउन निर्देशन दिएका छन् ।

संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँगको छलफलमा पर्यटनमन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन्।

पर्यटनमन्त्री पाण्डेले मन्त्रालय मातहत निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिए ।

पर्यटनमन्त्री पाण्डेले भने,‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफोनो गर्नुस् ।’

उनले असोजभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।

पर्यटनमन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोही अनुसार अघि बढ्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077