काठमाडौँ । सर्वोच्च अदालतले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) का अधिकृतहरूको काज सरुवा गरेको छ ।
सर्वोच्चले बुधवार इजलास अधिकृत, उपरजिष्ट्रार, उपसचिव तथा स्रेस्तेदारहरुको सरुवा गरेको हो ।
सर्वोच्च अदालत, उच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय, प्रशासकीय अदालत तथा जिल्ला अदालतमा कार्यरत अधिकारीहरूमध्ये अधिकांसजसो जिल्ला अदालतमा स्रेस्तेदारमा काज सरुवा गरिएको छ ।
काज सरुवा हुनेमा कुलप्रसाद दाहाल, हेमन्त ज्ञवाली, जनकसिंह बोहरा लगायतका व्यक्तिहरु रहेका छन् ।