Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

आज स्वदेश फर्किँदै परराष्ट्रमन्त्री आरजु

आज स्वदेश फर्किँदै परराष्ट्रमन्त्री आरजु

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।

उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।

भारतीय समकक्षी एस। जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन्।

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077