Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

शिक्षा क्षेत्रमा राजनीति चाहिन्छ भन्ने अभियन्ता प्रधानमन्त्री ओली नै हुन् : सुमना श्रेष्ठ

शिक्षा क्षेत्रमा राजनीति चाहिन्छ भन्ने अभियन्ता प्रधानमन्त्री ओली नै हुन् : सुमना श्रेष्ठ

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने अभियन्ता नै प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वशिक्षामन्त्रीसमेत रहेकी सांसद श्रेष्ठले यस्तो आरोप लगाएकी हुुन्।

उनले शैक्षिक संस्थामा राजनीतिक दलको हस्तक्षेप गराउने प्रधानमन्त्रीलाई कार्यक्षमतामाथि प्रश्न किन नउठाउने भन्दै प्रश्न गरिन् ।

उनले बल भन्दा बुद्धि ठूलो भन्ने सानोमा पढाइ हुने भएपनि अहिले त दल ठुलो भन्ने भाष्य निर्माण भइसकेको उल्लेख गरिन् ।

सांसद श्रेष्ठले भनिन्,‘शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, शिक्षक प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै हिँड्ने अहिलेका प्रधानमन्त्रीलाई जरोमा पनि उही टुप्पोमा पनि उही भएपछि उहाँको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ?’

उनले शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेको आरोप लगाइन्।

दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशाका कारण एउटा मन्त्रीले सामाजिक सञ्जालमा अर्को मन्त्रीसँग सुरक्षा माग्नुपर्ने अवस्था आइपरेको श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077