Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।

आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उनले संयुक्त रूपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गरेकी हुन्।

परराष्ट्रमन्त्री देउवाले जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरू सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गरिन्।

भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा.अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरूका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गरे ।

उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरूको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077