Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक पौडेलसँग संसदीय समितिले लियो बयान

हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक पौडेलसँग संसदीय समितिले लियो बयान

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । सहकारीको वचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशकसँग बयान लिएको छ।

संसदीय समितिले हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक अध्यक्ष पुष्पराज पौडेल पुरूषसँग आज बयान लिएको हो ।

समिति बैठकले हाम्रो ग्रुप अफ कम्पनी र गोर्खा ग्रुप अफ कम्पनीको सम्बन्धका बारेमा पौडेलसँग सोधपुछ गरेको छ ।

पौडेलमाथि सहकारीकै शैलीमा हर्बो इन्टरनेशनल नेटवर्किङ व्यवसाय गरेर करोडौँ ठगी गरेको आरोप छ ।

उनले अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर बेचेको आरोप पनि लागेको थियो ।

ठगी प्रकरणपछि पौडेल हाम्रो ग्रुप अफ कम्पनीबाट बाहिरिएपछि सोहि कम्पनीलाई जीबी राईको नेतृत्वमा गोर्खा ग्रुप अफ कम्पनी बनाइएको थियो ।

तत्कालीन समयमा पौडेले हर्बो इन्टरनेशनल नेटवर्किङका अध्यक्ष थिए । हर्वोमा आर्थिक लगानी हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टले गरेको थियो ।

यी दुवै संस्थाका अध्यक्ष पौडेल थिए । पछि ग्रुपको नाम गोर्खा ग्रुप अफ कम्पनी राखियो ।

तत्कालीन समयमा करोडौँ ठगेको आरोप लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा नै चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077