Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

सहकारी ठगीबारे संसदीय समितिले रवि लामिछानेसँग बयान लिने

सहकारी ठगीबारे संसदीय समितिले रवि लामिछानेसँग बयान लिने

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । सहकारीको वचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

संसदीय समितिले सहकारी ठगीबारे सोधपुछका लागि पूर्वगृहमन्त्री लामिछानेलाई भोलि बोलाएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको हो ।

छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत हुन् । जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति थापाले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077