Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

संविधान संशोधनका लागि आँट गर्नु परे सबैले गरौंला : प्रधानमन्त्री ओली

संविधान संशोधनका लागि आँट गर्नु परे सबैले गरौंला : प्रधानमन्त्री ओली

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताएका छन् ।

प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन । आँट देखाउने भएर उल्किन जरुरी छैन, जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने पनि हुँदैन । कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन । आँट गर्न परे सबैले गरौंला, आँट गर्न नपरे सबैले नगरौंला ।’

प्रधानमन्त्री ओलीले ८ वर्षको कार्यान्वयनको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए।

संविधान संशोधन साझा सवाल भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077