Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

राष्ट्रियसभाबाट टीआरसी विधेयक सर्वसम्मतिले पारित

राष्ट्रियसभाबाट टीआरसी विधेयक सर्वसम्मतिले पारित

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।

राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो। पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा संशोधन विधेयक दर्ता गरेको थियो ।

जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077