Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मैले छाड्दा नेतृत्व हस्तान्तरण भइहाल्छ भन्ने लाग्दैन : प्रचण्ड

मैले छाड्दा नेतृत्व हस्तान्तरण भइहाल्छ भन्ने लाग्दैन : प्रचण्ड

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफुले छाड्दा नेतृत्व हस्तान्तरण नहुने बताएका छन् ।

बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी गरे।

तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘३६ वर्ष भइसक्यो । अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । अध्यक्ष भन्दा प्रचण्ड भन्ने नै ठूलो छ मेरो लागि ।अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’

तर अहिले नै आफूले छोड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ जस्तो नलागेको उनले बताए ।

पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्लालाई आफूहरुले खारेज गरिसकेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077