Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन्।

भारतको पाँच दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री देउवा आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेकी हुन्।

उनले विमानस्थलमा भ्रमणमा भए गरेका उपलब्धिहरूबारे जानकारीसमेत गराएकी छन्।

परराष्ट्रमन्त्री देउवाले भारतमा रहँदा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।

परराष्ट्रमन्त्री देउवाले भारत भ्रमण फलदायी भएको बताएकी छन्। उनले आफ्नो भ्रमणले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट भएको बताउँदै मन्त्री राणाले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिइन्।

मन्त्री राणाले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077