Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान छ, अभिभावकको रूपमा राखौँ : कमल थापा

नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान छ, अभिभावकको रूपमा राखौँ : कमल थापा

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

राप्रपा नेपाल काठमाडौं -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।

उनले धर्म, संस्कृति, मूल्य, मान्यता मासेर देश विकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए । साथै उनले अभिभावकको रूपमा सहमति मै राजसंस्था राख्न आग्रह गरे ।

कुशासन भ्रष्टाचार गरेर देशलाई बरबाद गर्ने भ्रष्ट व्यवस्था र शासकको अन्त्यको लागि नेपाली जनता जुर्मुराउनु पर्ने समय आएको भन्दै थापाले बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थावादि शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077