Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

पार्टी फुटको तरंग हल भइसक्यो, अहिले नेतृत्वबारे बहस गर्ने बेला भएको छैन : अग्नि सापकोटा

पार्टी फुटको तरंग हल भइसक्यो, अहिले नेतृत्वबारे बहस गर्ने बेला भएको छैन : अग्नि सापकोटा

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको विचारलाई सशक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठकमा उनीहरूले सो सुझाव दिएका हुन् ।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टीभित्र उन्नतस्तरको बहस सिर्जना गर्दै त्यसलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव आएको बताए ।

काठमाडौं उपत्यकामा नयाँ कार्यक्रम विकास गर्नुपर्ने, सूचना प्रविधिका साथै युवाहरूलाई जोड दिँदै कार्यकर्तालाई आत्मनिर्भर बनाउनुपर्ने लगायतका सुझाव आएको उनले बताए ।

पार्टी फुटको तरंग हल भइसकेको भन्दै अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077