Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भारत भ्रमण सफल र फलदायी भएको परराष्ट्रमन्त्री आरजुको दाबी

भारत भ्रमण सफल र फलदायी भएको परराष्ट्रमन्त्री आरजुको दाबी

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमण फलदायी भएको दाबी गरेकी छिन् ।

पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले यस्तो दाबी गरेकी हुन् ।

उनले आफ्नो भ्रमणले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने बताइन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट भएको बताउँदै मन्त्री राणाले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिइन्।

मन्त्री राणाले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077