Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

२४ घण्टापछि एकातर्फी खुल्यो पृथ्वी राजमार्ग

२४ घण्टापछि एकातर्फी खुल्यो पृथ्वी राजमार्ग

बिहिवार , भाद्र ६, २०८१

तनहुँ । तनहुँमा खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग २४ घण्टापछि एकतर्फी खुलेको छ ।

तनहुँको घाँसीकुवास्थित राजमार्गमा खसेको ठूलो पहिरोको केही भाग हटाएर बिहीवार साँझ ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो ।

तनहुँ प्रहरीका अनुसार यही भदौ ४ गतेदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको घाँसीकुवामा बुधवार पहिरो खसेको थियो ।

प्रशासन र सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाउने काम जारी राखेका थिए । २४ घण्टामा एकतर्फी सडक खुलाउन सफल भएका हुन् ।

राजमार्ग दुईतर्फी खुलाउन तीन–चारवटा डोजर र टिपर प्रयोग गरेर पहिरो पन्छाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077