Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

अब मोबाइलमा कहिलेबाट चल्छ टिकटक ?

अब मोबाइलमा कहिलेबाट चल्छ टिकटक ?

बिहिवार , भाद्र ६, २०८१

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाए पनि खुल्न भने अझै केही समय लाग्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । तर मोबाइलमा खुल्न भने अझै केही समय लाग्ने भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको बताए ।

उनका अनुसार टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।

'हामीले यी सर्तहरु राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरेका छौं,' उनले भने ।

मन्त्री गुरुङले टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताए । सामाजिक सद्भाव भड्काएको भन्दै २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077