Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

चिनियाँ उच्च अधिकारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

चिनियाँ उच्च अधिकारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

बिहिवार , भाद्र ६, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीआईडीसीए) का उपाध्यक्ष याङ वेईकुनबीच भेटवार्ता भएको छ ।

चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी अरु देशलाई विकासमा सहयोग गर्ने संस्था हो ।

चिनियाँ उच्च अधिकारीसँगको भेटमा नेपालको विकासमा चीनको सहयोगबारे कुराकानी भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ ।

भेटमा नेपालका लागि चिनियाँ राजदूत छन सोङको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077