Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

आज रवि लामिछानेसँग बयान लिँदै सहकारी छानबिन समिति

आज रवि लामिछानेसँग बयान लिँदै सहकारी छानबिन समिति

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिँदैछ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा नाम जोडिएका पूर्व गृहमन्त्री लामिछानेलाई समितिले आज बयानका लागि बोलाउन लागेको हो ।

उनलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077