Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

शुक्रवार , भाद्र ७, २०८१

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । ​

हसिनासहित पूर्वमन्त्री र पूर्वसांसदको राहदानी रद्दको प्रक्रिया अघि बढाइएको हो ।

‘पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए’, गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यदि उनीहरूलाई पदबाट हटाइएको छ भने उनीहरू र उनीहरूको पतिरपत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ।’

हसिना र उनको कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077