Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अमेरिकामा ममता बेपत्ता भएको तीन सातापछि उनका श्रीमान पक्राउ

अमेरिकामा ममता बेपत्ता भएको तीन सातापछि उनका श्रीमान पक्राउ

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

घरबाट प्रहरीले नरेश भट्टलाई नियन्त्रणमा लिएको हो । घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् ।

प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो ।

नरेशलेले श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए । यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् ।

मोबाइलबाटै सम्बोधन गरेका थिए र आफूले एक वर्षको बच्चाको ख्याल गर्नुपर्ने भएकाले आउन नसकेको बताएका थिए ।

अन्तिम पटक जुलाई ३१ मा मनसास पार्कमा देखिएकी ममता काफ्ले त्यसयता सम्पर्कविहीन भएकी थिइन् ।

श्रीमान् नरेशले खोजीका लागि प्रहरीमा निवेदन पनि दिएका थिएनन् । आफन्त र साथीभाइले चासो देखाएपछि केही दिनपछि प्रहरी आफैं उनको घरमा पुगेको थियो ।

त्यसपछि बल्ल उनले श्रीमती हराएको भन्दै प्रहरीलाई खोजी गरिदिन अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077