Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

स्पष्टीकरण बुझाउँदै मुकुलले भने - रविजस्तो ठग र भ्रष्टको पञ्जाबाट पार्टीलाई मुक्त गरिछाड्छु

स्पष्टीकरण बुझाउँदै मुकुलले भने - रविजस्तो ठग र भ्रष्टको पञ्जाबाट पार्टीलाई मुक्त गरिछाड्छु

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई राष्ट्रिय ठग प्रमाणित गरिछाड्ने बताएका छन् ।

रास्वपाको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई अन्तिम पटक सोधेको स्पष्टीकरणको जवाफमा ढकालले यस्तो बताएका हुन् ।

उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो। उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन्।

ढकालले सभापति लामिछानेको कुकर्मको पर्दाफास गर्ने भन्दै लेखेका छन्‚‘ राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न। योसँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ। आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ।’

साथै ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाएका छन्।सभापति लामिछाने ठग, भ्रष्ट र अपराधी रहेको आरोप ढकालको छ।

सहकारी मुद्दामा लामिछाने जेल जान सक्ने ढकालको भनाइ छ। सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उनले बताएका छन्।

भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्ने उनको जवाफ छ। सभापति लामिछानेले आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पारेको उनले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077