Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमतिपछि आमरण अनशन स्थगित

कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमतिपछि आमरण अनशन स्थगित

शुक्रवार , भाद्र ७, २०८१

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश सरकारबीच चार बुँदे सहमति भएको छ ।

वार्ताबाट चार बुँदे सहमति भएपछि समितिले आफ्नो आन्दोलन स्थगन गरेको हो।

समितिका प्रतिनिधि र मधेश प्रदेश सरकारका बीचमा भएको वार्तामा नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गरिने सहमति भएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने र संघ सरकारबाट बजेट उपलब्ध नगरिएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै श्रोतबाट व्यवस्था गरिने सहमति भएको छ।

यसबाहेक, पुल निर्माणका लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न २०८१ मंसिर १ भित्र बोलपत्र आह्वान गरिने सहमति भएको छ ।

यो संगै संघर्ष समितिले आफ्ना सबै कार्यक्रमहरू आजको मितिबाट स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077