Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

विकास र समृद्धिका लागि कांग्रेस-एमाले मिलेर सरकार बनायौँ : गृहमन्त्री लेखक

विकास र समृद्धिका लागि कांग्रेस-एमाले मिलेर सरकार बनायौँ : गृहमन्त्री लेखक

शुक्रवार , भाद्र ७, २०८१

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले समृद्धि र विकासका लागि एमालेसँग मिलेर सरकार गठन गरिएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताए।

उनले मुलुकमा अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गरे ।

गृहमन्त्री लेखकले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताए ।

उनले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको स्वीकार गरे ।

अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको गृहमन्त्री लेखकको भनाई छ ।

राजनीतिक दल र नेताहरू गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको गृहमन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नु लक्ष्य रहेको बताए ।

मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले वर्तमान समिकरणको निर्माण गरिएको गृहमन्त्री लेखकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077