Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगर तनावग्रस्त

बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगर तनावग्रस्त

शुक्रवार , भाद्र ७, २०८१

सप्तरी । सप्तरीको हनुमाननगरमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बिहीबार साँझ बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो।

भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक हनुमाननगर कंकालिनी-७ का २२ वर्षीय धुरुप मण्डलको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो ।

मण्डलको मृत्यु भएपछि हनुमाननगर बजार शुक्रबार बिहानैबाट तनावग्रस्त छ । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077