Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मर्स्याङ्दी बस दुर्घटना : घाइते २९ जनाको उद्धार

मर्स्याङ्दी बस दुर्घटना : घाइते २९ जनाको उद्धार

शुक्रवार , भाद्र ७, २०८१

तनहुँ । तनहुँको आँबुखैरेनी नजिकै भएको बस दुर्घटनामा परेका २९ यात्रुको उद्धार भएको छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो ।

अहिलेसम्म २९ जनाको उद्धार भए पनि घाइतको अवस्था भने यकिन भएको छैन ।

नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको प्रहरीले जनाएको छ ।

बसमा अन्दाजी ४० जना यात्रु रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइनसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको टोलीले उद्दार जारी राखेको छ ।

एसएसपी पौडेलको कमाण्डमा १० जना गोताखोरसहित ४५ जनाको टोली उद्दारमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

भिर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने प्रयास भइरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077