Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस नेता बस्नेतको प्रश्न - आफ्नै गृहमन्त्री हुँदा पनि रविलाई थुन्न किन ढिला गरेको ?

कांग्रेस नेता बस्नेतको प्रश्न - आफ्नै गृहमन्त्री हुँदा पनि रविलाई थुन्न किन ढिला गरेको ?

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य  जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले लामिछानेको दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि पक्राउ गर्न ढिलाई गर्न नहुने बताए ।

नेता बस्नेतले सरकार र गृहमन्त्री आफ्नै हुँदा पनि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो भन्दै प्रश्न गरे।

नेता बस्नेतले भने,'दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौं ।’

उनले लामिछानेलाई पक्राउ नगर्ने हो भने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने समेत बताए ।

नेता बस्नेतले नेताहरुलाई छुट दिँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077