Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

चिकित्सको टोली लिएर दुर्घटनास्थलतर्फ गयो सेनाको हेलिकोप्टर

चिकित्सको टोली लिएर दुर्घटनास्थलतर्फ गयो सेनाको हेलिकोप्टर

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । नेपाली सेनाको हेलिकोप्टर मेडिकल टिमसहित लिएर बस दुर्घटनास्थलतर्फ गएको छ।

मेडिकल टिमसहितको टोली लिएर हेलिकोप्टर केहीबेर अघि दुर्घटनास्थल तर्फ गएको हो।

पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसको थियो।

दुर्घटनास्थलबाट १५ जना अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको तनहुँ प्रहरीले जनाएको छ। बसमा ४३ जना यात्रु रहेको खुलेको छ।

अन्य यात्रुको भने खोजि जारी रहेको प्रहरीले जनाएको छ। उद्धारमा गोताखोरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077