Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भारत भ्रमणबारे परराष्ट्रमन्त्री राणाको ब्रिफिङ - वर्तमान सरकारप्रति भारत सकारात्मक छ

भारत भ्रमणबारे परराष्ट्रमन्त्री राणाको ब्रिफिङ - वर्तमान सरकारप्रति भारत सकारात्मक छ

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे कांग्रेसको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन्।

परराष्ट्रमन्त्री राणाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको बताईन् ।

परराष्ट्रमन्त्री देउवा भारत भ्रमण पुरा गरेर बिहीबार मात्र स्वदेश फर्किएकी थिइन् ।

उनले भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् ।

उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् ।

उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077