Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीले गरे युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदीले गरे युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता

शुक्रवार , भाद्र ७, २०८१

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्।

रुस र युक्रेनबीचको युद्धका कारण सुरक्षालाई मध्यनजर गर्दै मोदी रेलमार्फत् पोल्यान्ड हुँदै किएभ पुगेका हुन्।

पोल्यान्ड हुँदै शुक्रबार युक्रेनको राजधानी किएभ पुगेका मोदीलाई अनौपचारिक पोशाकमा देखिएका जेलेन्स्कीले विशेष स्वागत गरे ।

जेलेन्स्कीसँग भेट्नुअघि मोदीले पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीमा भारत शान्ति र स्थिरताका लागि हरसम्भव प्रयासका लागि तयार रहेको बताएका थिए ।

रूसले युक्रेनमा आक्रमण सुरू गरेको साढे दुई वर्षपछि भारतीय प्रधानमन्त्री किएभ पुगेका हुन्।

युक्रेनले रूसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गर्न किएभमा पाइला टेकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077