Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मुग्लिन–नारायणगढ खण्डमा गुडिरहेको बसमाथि खस्यो ढुंगा

मुग्लिन–नारायणगढ खण्डमा गुडिरहेको बसमाथि खस्यो ढुंगा

शुक्रवार , भाद्र ७, २०८१

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा बस दुर्घटना भएको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि आज ढुंगा खसेको थियो ।

त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

चितवन प्रहरीका अनुसार बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ।

ढुंगा लागेर बसमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077